धरान: प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि सुनसरी क्षेत्र नं १ मा उम्मेद्वार सिफारिश गरेको छ । 

उक्त पार्टीले सुनसरी क्षेत्र नं १ बाट सुदन किरातीको एकल नाम सिफारिश गरेको हो । किराती तत्कालिन नेकपा माओवादी केन्द्रमा हुँदा भोजपुरबाट निवार्चित भएका थिए । पछिल्लो समय पार्टी एकतामा समाहित नभई जर्नादन शर्मासँगै उनी अलग्गिएका थिए । उनीहरुले प्रगतिशील लोकतान्त्रिक पार्टी दर्ता गरेका छन् । 

किराती सोही पार्टीबाट सुनसरी क्षेत्र नं १ मा उम्मेद्वार सिफारिश भएका हुन् । पार्टीका सुनसरी जिल्ला इञ्चार्ज शालिक राईले शुक्रबार पार्टीको अध्यक्ष परिषदमा पठाएको पत्रमा सुदन किरातीको नाम मात्र सिफारिश गरेका छन् । 

रास्वपामा सरिन तामाङ उम्मेद्वार आकांक्षी

सुनसरी क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरिन तामाङले आफु उम्मेद्वारको आकांक्षी रहेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आकांक्षी उम्मेद्वारीको घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेकी छन्,‘आज संजालमार्फत सार्वजनिक म गदैछु, तपाईहरुको शरिन पुनः सुनसरी क्षेत्र नं १ बाट राजनीतिक मैदानको युद्धमा होमिदैछुँ ।’

sarin fb

उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि रास्वापाबाट उम्मेद्वार थिइन् । त्यसबेला एमालेको समर्थन पाएका जसपाका अशोककुमार राईसँग ४५३ मतान्तरले पराजित भएकी थिइन् । राईले १७ हजार ५९ मत ल्याएर विजयी हुँदा तामाङको मत १६ हजार ६०६ थियो । माओवादीका मुक्साहाङ मेन्याङ्बोको १३ हजार ८७ मत थियो ।

तामाङ रास्वपाबाट उम्मेद्वार आकांक्षी भएपनि उक्त पार्टीमा उम्मेद्वार चयन गर्ने तीन चरणको विधि बनाएको छ । त्यसैले ती चरण पार गरेपछि मात्र उम्मेद्वार टुंगो लाग्नेछ । रास्वपा धरानका अध्यक्ष सुमन श्रेष्ठका अनुसार अहिले आकांक्षी उम्मेद्वाको लागि आवेदन खुलेको छ । आवेदन इन्ट्री भएपछि क्याण्डिडेट क्लबमा प्रतिस्पर्धामा जानुपर्ने र प्राइमरी इलेक्सनमा पनि अंक ल्याउनुपर्ने हुन्छ । ती प्रक्रिया पुरा गर्दा बढी अंक ल्याउने उम्मेद्वार आकांक्षी निर्वाचनको लागि उम्मेद्वार चयन हुने अध्यक्ष श्रेष्ठले बताए । 

sudan letter.jpeg