धरान: श्रम सस्कृति पार्टीका केन्द्रिय अध्यक्ष एवं धरान नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा साम्पाङले सुनसरी १ बाट आफू चुनाव लड्ने घोषणा गरेका हुन् । सामाजिक सन्जाल फेसबुकबाट साम्पाङले भनेका छन्-"म सुनसरी क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो, जय देश ।"

सुनसरी क्षेत्र नम्बर १ मा धरानको २० वटै वडा, बराहक्षेत्रकोब५ र रामधुनी नगरको २ वटा वडा समेटिएको छ । अघिल्लो निर्वाचनमा सुनसरी १ बाट एमालेको समर्थनमा जसपाका अशोककुमार राई निर्वाचित भएका थिए ।

Screenshot_20260107_120105_Facebook