धरान: आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको लागि सुनसरी जिल्लामा ३ हजार ५ सय ७८ निर्वाचन प्रहरी (म्यादी प्रहरी) परिचालन हुने भएको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार निर्वाचन प्रहरीको लागि नेपाल प्रहरीका ३ हजार १ सय ४९ र सशस्त्र प्रहरी बलका ४२९ गरी कुल ३ हजार ५ सय ७८ म्यादी प्रहरी परिचान हुनेछ । यसको लागि निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ती तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल) कार्यविधि २०८२ अनुसार भर्ना सम्बन्धी सुचना आह्वान पनि बिहिबार प्रजिअ घिमिरेले गरेका छन् । 

म्यादी प्रहरीको लागि पुष २५ गतेदेखि माघ १ गतेसम्म दरखस्त दिन सकिने सुचनामा उल्लेख छ । उमेर हद १८ बर्ष पुरा भई ५४ बर्ष ननाघेका साथै योग्यता पुगेकाहरुले जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल नेपाल नं. ४ हेटक्वार्टर सुनसरीमा दरखास्त दिन सक्नेछन् ।

दरखास्त दिएकाहरुको माघ ५ गतेदेखि ९ गतेसम्म छनौट प्रारम्भ हुने र माघ १२ गते अन्तिम नतिजा प्रकाशन हुने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै, छनौट भएकाहरुलाई माघ १५ देखि २४ गतेसम्म तालिम दिइने पनि प्रजिअ घिमिरेले जनाएका छन् । 

नियुक्ती भएकाहरुको कार्यअवधि ४० दिन वा नेपाल सरकारले तोके वमोजिम हुनेछ भने ४० दिनसम्मको लागि प्रहरी जवानको शुरु तलव स्केल सरहले ३४ हजार ७७६ रुपैया रकम उपलब्ध गराउने पनि सुचनामा उल्लेख छ । 

election police copy

election police1 copy