धरान: किरात नयाँ बर्ष यलम्बर सम्बत ५०८६ को अवसरमा आजदेखि १० दिने विभिन्न खेलकुद प्रतियोगिताहरु समेटिएको यलम्बर कप खेलकुद प्रतियोगिता शुरु भएको छ । 

किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा प्रतियोगिताको बिहिबार उद्घाटन भएको हो । प्रतियोगिताको उद्घाटन अघि धरान वडा नं १० स्थित यलम्बर स्मृति संग्रहालय भवनबाट साँस्कृतिक झाँकी र यलम्बरको मुर्ति प्रर्दशनसहित र्याली निस्केको थियो । उक्त र्याली बुद्धचोक, रत्नचोक, रेल्वे हुदै करिब ५ किलोमिटर परिक्रामा गर्दै खेल मैदानमा पुगेको थियो । 

yalambaer

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं धरानका उपप्रमुख अइन्द्रबिक्रम बेघाले गरेका थिए । खेल मैदानमा साकेला नाच प्रर्दशनी गर्नुका साथै यायोक्खा धरान र इटहरी नगरबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता पनि भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेघाले मौलिक सँस्कृति, सभ्यतालाई आफुले सम्मान गरेमात्र अरुले पनि सम्मान गर्ने बताए । 

‘हामीले हरेक क्षेत्रबाट मौलिक पहिचान, सँस्कृति र सभ्यातालाई सम्मान गरेनौं भने अरुले पनि गर्दैन,’ उनले भने,‘आज यो ब्यानरले नै देखाइरहेको छ कि इतिहासलाई स्मरण गर्दै किराती सभ्यतालाई सम्मान गरेको अनुभूति गरेको छुँ ।’ उनले खेलकुदसँग सँस्कृति, पहिचानलाई पनि जोड्नुपर्ने बताए । 

yalambaer4

यायोक्खाका जिल्ला अध्यक्ष राजेन्द्र राईले नेपालको प्राचीन सम्बतकोरुपमा रहेको यलम्बर सम्बतलाई राज्यले मान्यता दिएर लागु गर्न माग गर्दै बर्षेनी सृर्जनात्मक एवं दबाबमुलक कार्यक्रमहरु गरिरहेको जानकारी दिए । उनका अनुसार भोली माघ २ गते धरान १० स्थित यलम्बर स्मृति संग्रहालय भवनबाट ५ किलोमिटर म्याराथुन आयोजना हुनेछ । 

यस्तै, माघ ३ गते साकेला साँस्कृतिक पार्कमा बुद्धिचाल (चेस) प्रतियोगिता हुनेछ भने माघ ४ गते छेलो हान्ने प्रतियोगिता पनि पार्कमा हुनेछ । माघ ५ गते धरान १५ स्थित बिग फुटसलमा पुरुष फुटसल प्रतियोगिता, माघ ६ गते धरान ८ स्थित हाङ्सा फुटसलमा महिला फुटसल हुनेछ भने माघ ७ गते किरात सुम्निमा भवन इटहरीमा तान बुन्ने प्रतियोगिता हुनेछ । 

yalambaer6

यसैगरि, माघ ८ गते धरान २ स्थित भानुचोकमा बिहान बास्केटवल प्रतियोगिता, माघ ९ गते अमर सेवा समाजको हलमा ब्याडमिन्टन प्रतियोगिता र माघ १० गते सोही स्थानमा यलम्बर कप समापन हुने यायोक्खा सुनसरीका अध्यक्ष राईले जानकारी दिए ।

भिडियो:

भिडियो: