धरान: फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर धरानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

धरान ८ स्थित सभागृहमा सुनसरी जिल्लाको क्षेत्र नं १ निर्वाचन अधिकृतको कार्यालय आज (शुक्रबार) स्थापना भएको हो । धरानका उपप्रमुख अइन्द्रबिक्रम बेघासहितको उपस्थितिमा ब्यानर राखेर कार्यालय स्थापना गरिएको हो । निर्वाचन आयोगले सुनसरी क्षेत्र नं १ को लागि उच्च अदालत पाटनका न्यायाधिश दिव्यराज घिमिरेलाई प्रमुख निर्वाचन अधिकृतकोरुपमा खटाएको छ भने सहायक निर्वाचन अधिकृतकोरुपमा धरान उपमहानगरका प्रशासन प्रमुख वेदप्रसाद सापकोटा रहेका छन् ।

election office

उपप्रमुख बेघाले कार्यालय उद्घाटन भएको जानकारी दिदै आवश्यक पर्ने सामग्रीहरुको सुची तयार गर्न आग्रह गरेको बताए । ‘आवश्यक पर्ने सामाग्रीहरु के के छन्, लिष्ट तयार गर्नु भनेका छौं,’ उपप्रमुख बेघाले भने,‘नगरपालिकाले उपलब्ध गराउनसक्ने के छन् गराउछौं, नसक्ने कुन कुन कार्यालयसँग समन्वय, सहकार्य गर्ने हो, त्यो मागेर उपलब्ध गराउछौं भन्ने न्युनतम सहमति भएको छ ।’