धरान: आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका उम्मेद्वारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न वितरण गरेको छ । 

सुनसरी क्षेत्र नं १ का निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेपश्चात शुक्रबार निर्वाचन चिह्न प्रदान गरिएको हो । निर्वाचनको लागि ७ जना स्वतन्त्रसहित कुल २६ जना उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका थिए । 

निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दलहरुको उम्मेद्वारहरुले पार्टीकै चुनाव चिह्न रहेको छ भने स्वतन्त्र उम्मेद्वाहरुलाई विभिन्न चुनाव चिह्न निर्वाचन कार्यालयले वितरण गरेको छ । निर्वाचन कार्यालयका अनुसार स्वतन्त्र उम्मेद्वारहरुले आँप, झोला, सिरिञ्ज, कैची, कप र प्लेट, त्रिभुज र मुढा चुनाव चिह्न पाएका छन् । 

election1
election3