धरान: कोशी प्रदेशस्तरीय दुई दिने प्रो–एम स्पर्धामा प्रोफेस्नलतर्फ सुमन परियार विजेता भएका छन् भने एमेच्योरतर्फ सन्देश राई विजेता भएका छन् । 

पार ७० को गल्फ कोर्षमा पहिलो दिन शुक्रबार भएको प्रो स्पर्धामा ३ अण्डर ६७ स्कोर गर्दै परियार विजेता भएका थिए । दोस्रो दिन शनिबार भएको एमेच्योर स्पर्धामा भने इटहरीका सन्देश राई ५ अण्डर ६५ स्कोरका साथ सन्देश राई च्याम्पियन बने । यस्तै, ४ अण्डर ६६ स्कोरका साथ दिलबहादुर गुरुङ दोस्रो भए भने ३ ओभर ७३ स्कोरका साथ पुर्ण लिम्बु तेस्रो भए । 

प्रतियोगितामा ३ ओभर ७३ स्कोर गरेका सुन्दर राई ब्याक काउन्टको आधारमा ग्रोस विजेता भए । महिलातर्फ ६ ओभर ७६ स्कोर गरेकी विना सापकोटा पनि ब्याक काउन्टको आधारमा विजेता बनिन् । 

golf5

जुनियरतर्फ सिद्धान्त राई विजेता हुँदा प्रयस बस्नेत दोस्रो भए । यस्तै, मोष्ट बर्डिको पुरस्कार राजेश राईले हात पार्दा नियरेष्ट टु दि पिनको पुरस्कार राज प्रधानले हात पारे । लङ्गेष्ट ड्राइभको पुरस्कार विवेक राईले पाए । 

शुक्रबार भएको प्रोफेस्नलतर्फको स्पर्धामा भने सुमन परियार विजेता हुँदा सुमन राई दोस्रो, टंकबहादुर कार्की र राजकुमार राई (राजेन) संयुक्तरुपमा तेस्रो भएका थिए । यस्तै, थामबहादुर राई पाँचौ, सविन सापकोटा छैटौ, सुमन सापकोटा सातौं र बलभद्र राई आठौं भएका थिए । 

golf1

धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा प्रोफेस्नलतर्फ आठौं स्थानसम्मका खेलाडीहरुलाई नगद पुरस्कार दिइएको थियो भने एमेच्योरतर्फका विजेताहरुलाई ट्रफी दिइएको थियो । विजेताहरुलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष हरिबहादुर राई, प्रमुख अतिथि एवं धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघा, नेपाल प्रहरीका एसएसपी भीम दाहाल, वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बुलगायतले पुरस्कार वितरण गरेका थिए । 

पहिलो दिन प्रो स्पर्धामा ८ जना प्रोफेस्नल खेलाडीहरु सहभागी थिए भने जुनियरतर्फको स्पर्धामा ९ जना खेलाडीहरु भाग लिएका थिए । दोस्रो दिन शनिबार एमेच्योर स्पर्धामा २ महिलासहित ५८ जना खेलाडीहरु सहभागी भएका थिए । 

golf9

golf8

golf sinior

golf6

golf7