धरान: चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै नगर बाल सञ्जालले श्रम सँस्कृति पार्टीको केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ) विरुद्ध उजुरी दिएको छ । 

नगर बाल सञ्जालका अध्यक्ष मानव विश्वकर्मासहित ४ जनाले साम्पाङलाई कारबाहीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालय र प्रहरीमा पनि लिखित उजुरी दिएका हुन् । बालबालिकालाई पार्टीको चुनावी प्रचारप्रसारमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्थालाई उल्लंघन गरि साम्पाङको पार्टी र चुनावी प्रचारमा प्रयोग गरेको, निर्वाचन आचारसंहितासमेत उल्लंघन भएको उजुरीमा उल्लेख छ । 

साम्पाङले कानुनको उल्लंघन गरि बालबालिका प्रयोग गरि दुरुपयोग गरेकोले आवश्यक कारबाही गर्न भन्दै बाल सञ्जालले सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालय र प्रहरीले लिखित उजुरी दिएको हो । हिजो (शनिबार) साम्पाङको धरान १८ स्थित कार्यालय रहेको स्थानमा बालबालिकाहरुलाई श्रम सँस्कृति पार्टीको टिसर्ट लगाएको फोटो र भिडियो भाइरल भएको थियो । 

निर्वाचन अधिकृत दिव्यराज घिमिरेले घटनाबारे बुझ्ने र निर्वाचन आयोगसँग आवश्यक परामर्श गरेर प्रक्रिया अघि बढाउने बताए । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भए १ लाखसम्म जरिवाना र उम्मेद्वारी रद्दसमेत हुनसक्ने पनि उनले बताए । 

भिडियो