हङकङ: विर गार्खाहरुको सम्मान र स्मृतिमा गोर्खा सेमिष्ट्रिज ट्रष्ट हङकङको आयोजनामा शनिवार आयोजित सातौ गोर्खा ट्रेल व्लेजरमा नेपालको प्रतिनिधित्व गरेका महिला तर्फ पुष्प लिम्वु र पुरुष तर्फ सरोज लिम्वु १२ किमि विद्यामा विजेता वनेको छ ।

पुष्पले आफ्नो रेस एक घण्टा २ सेकेन्डमा पुरा गरिन् भने सरोजले ५० मिनटमा पुरा गरेका थिए । सरोजले गत सालका विजेता वेलायतका रायन वेलानको ५७ मिनटको रेर्कड तोडदै विजेता वनेका हुन् । वेलान ५८ मिनट २९ सेकेन्डमा आफ्नो रेस पुरा गर्दै दोस्रो बने । धरान निवासी हाल हङकङ बस्दै आएका यमनाथ लिम्वुले ५८ मिनट ५७ सेमेण्डमा रेस पुरा गरेर तेस्रो बने ।

महिला तर्फ नेपालकै पदमकुमारी सुनुवारले १ घण्टा ९ सेकेण्ड र वेलायतका एलिना विलियमले १ घण्टा १७ सेकेण्डमा रेस पुरा गर्दै दोस्रो र तेस्रो बनिन् । पुष्प र सरोज गत साल धरानमा सम्पन्न तेस्रो गोर्खा ट्रेल ब्लेजर विजेता हुन् । गोर्खा सेमिष्ट्रिज ट्रष्ट नेपालले यहि वर्ष देखि महिला पुरुष विजेतालाई हङकङमा हुने ट्रेल व्लेजरमा सहभागिताको लागि सुरुवात गरेका हुन ।

३० किमि रेसमा युक्रेन र  चिनका खेलाडी विजेता

      ३० कि।मि। ट्रेल विद्यामा पुरुष तर्फ युक्रेनका अलेक्सी मेलनिकले ३ घण्टा २२ मिनट ७ सेकेण्ड र महिला तर्फ चिनका चे क्वान लिले ४ घण्टा ३० मिनट ४७ सेकेण्डमा रेस पुरा गर्दै उपाधि हात पारेका छन् । 

पुरुष तर्फ हङकङ चिनका चे किङ युनले ४ घण्टा १८ सेकेन्ड र फ्रान्सका स्रील गोमेजले ४ घण्टा १९ सेकेन्डमा रेस पुरा गर्दै दोस्रो र तेस्रो बने । महिला तर्फ नेपालकी हाल हङकङ बस्दै आएकी दिलु लिम्वुले ४ घण्टा ३४ मिनट ४० सेकेण्ड र हङकङकी हङ किउ किम्मी लेउङ ५ घण्टा १२ मिनट १७ सेकेण्डमा रेस पुरा गर्दै दोस्रो र तेस्रो बनिन् ।

कुल ३० देशका ट्रेल रेस धावक धाविकाले प्रतिश्पर्धा गरेको सातौ गोर्खा ट्रेल व्लेजरका विजेताहरुलाई मेडल, विर गोर्खाको चिनारी खुकुरी र गिफ्ट ह्यम्पर प्रदान गरिएको थियो । उनिहरुलाई कार्यक्रमका अतिथि रोयल व्रिटिस लिजन हङकङ चाइनाका व्रान्च अध्यक्ष स्टीभ ट्रायट, लिङमा कन्सट्रक्सन इन्जिनियरिङका निर्देशक माया थुलुङ, व्रीटिस कन्सुलेट हङकङ चाइनाका जेनेरल सारा रविन्सन र पीएच सीपीएस स्कुलका प्रिन्सिपल आइरिन लाईले पुरस्कार वितरण गरेका थिए ।

     ट्रेल रेस हङकङको लौ सि हुङमा १२ कि।मि। र ३० कि।मि।दुइ विद्यामा भएको थियो । गोर्खा व्लड हङकङ सहआयोजकको रुपमा रहेको गोर्खा ट्रेल रेसको सातौ संस्करणमा व्रिटिस च्याम्वर अफ कमर्श, लिङमा कन्सट्रक्सन, चाइल्ड वेलफेयर स्कीम, कादुरी स्टेट सहयोगि संस्थाको रुपमा रहेको थियो ।

तस्विरः विकास चाम्लिङ राई