धरान: सुनसरी क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेद्वार सुजेन्द्र गोले तामाङको चुनावी प्रतिवद्धता सार्वजनिक गरिएको छ ।
मंगलबार धरान १५ स्थित होटल धरान किचनमा पत्रकार भेटघाट कार्यक्रभ गरि कांग्रेसले तामाङको प्रतिवद्धताहरु सार्वजनिक गरेको हो । धरानका पुर्वमेयर तिलक राईले उम्मेद्वार तामाङका स्थानीय प्रतिवद्धताहरु वाचन गरेर सार्वजनिक गरेका थिए । उनका अनुसार केन्द्रीय चुनावी प्रतिवद्धताहरु तयारी भइरहे पनि स्थानीयस्तरमा उम्मेद्वारले गर्नुपर्ने कामहरुको प्रतिवद्धता स्थानीयस्तरमा नै तयार गरेर सार्वजनिक गरिएको हो ।
तामाङका चुनवाी प्रतिवद्धताहरु विभिन्न १७ बुँदामा रहेका छन् । सार्वजनिक गरिएको प्रतिवद्धताको पहिलो बुँदामा क्षेत्र नं १ लाई शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक पुर्वधार तथा सिचाई व्यवस्थापन गर्न अहम भुमिका खेल्ने उल्लेख गरिएको छ । यस्तै, धरान उपमहानगरपालिका, बराहक्षेत्र र रामधुनी नगरपालिकाका अधुरा योजना पूरा गरी नयाँ विकास योजना प्रारम्भ गर्ने पनि उल्लेख छ ।
खानेपानी समस्या हल गर्न संघीय सरकारसँग समन्वय गरि दीर्घकालिनरुपमा समाधान गर्ने, देवस्थल तथा सार्वजनिकस्थलहरुको संरक्षण र स्तरोन्नती गर्न पहल गर्ने गरि धार्मिक पर्यटकीयस्थलकोरुपमा विकास गरिने पनि प्रतिवद्धतामा उल्लेख छ ।

सुनसरी १ लाई शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन क्षेत्रकोरुपमा विकास गर्ने, विपी प्रतिष्ठानलाई दक्ष जनशक्ति र अत्याधुनिक उपकरणयुक्त बनाई सेवा प्रवाहलाई सहज र सर्वसुलभ बनाउन पहल गर्ने, स्थानीय शैक्षिक योग्यताको आधारमा यस क्षेत्रका जनशक्तिलाई नर्स, डाक्टरको कोटा उपलब्ध गराउन पहल गर्ने पनि उल्लेख छ ।
प्रदेश महामन्त्रीको नेतृत्वमा २१ सय ११ मुल परिचालन कमिटी
कांग्रेसले सुनसरी क्षेत्र नं १ मा उम्मेद्वारलाई जिताउन २१ सय १ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको जनाएको छ । प्रदेशका महामन्त्री उमेश थापाको संयोजकत्वमा उक्त कमिटी गठन गरेको जानकारी कार्यक्रममा दिइएको थियो ।
महामन्त्री थापाका अनुसार पार्टीका विभिन्न तहमा रहेका नेताहरुलाई कमिटीमा राखिएको छ । साथै, आर्थिक समितिको संयोजकमा प्रविण राई, युवा परिचालनको जिम्मेवारी पर्वत राई, बुद्धिजिवि परिचालनको जिम्मा गोविन्द सुब्बा, महिला परिचालनको नेतृत्व उर्मिला प्रधान, दलित समन्वयको जिम्मा गणेश परियार, मजदुर क्षेत्र समन्वय गर्न देउमान लिम्बु, विद्यार्थी समन्वयको जिम्मेवार प्रशान राईले पाएका छन् ।
चुनाव प्रचारप्रसार समिति तथा कोणसभाको जिम्मेवारी श्याम पोखरेल, संघसंस्थाको समन्वय गर्ने जिम्मेवारी तिलक राई, खेलकुद क्षेत्रको समन्वय गर्ने जिम्मेवारी किशोर राईलाई दिएर खटाएको पनि महामन्त्री थापाले जानकारी दिए ।
भिडियो







