धरान: फागुन २१ गतेको निर्वाचनको लागि तोकिएको मतदान केन्द्रहरुको सुरक्षाको अवस्था अनुगमन गर्न सुनसरीका प्रमुख जिल्ला अधिकारीसहितको टोली धरान आएका छन् । 

सुनसरी क्षेत्र नं १ को मतदान केन्द्रहरुको अनुगमन निरीक्षण गर्न प्रजिअ वासुदेव घिमिरे, प्रहरी प्रमुख एसपी केशवकुमार थापासहितको टोली धरान आइपुगेका हुन् । प्रजिअ घिमिरेका अनुसार सुनसरी क्षेत्र नं १ को मतदान केन्द्रहरुको निरीक्षण आजबाट शुरुवात भएको हो । ‘अन्य क्षेत्र नं २, ३, ४ मा पनि लगातार गरिरहेका छौं, क्षेत्र नं १ मा आजदेखि शुरु गरेको हो,’ घिमिरेले भने,‘केहीमा कम्पाउण्ड वाल नभएकोले चुनौती हुन्छ, अरु सबै ठिकै छ ।’

cdo election

प्रजिअ घिमिरेका अनुसार निर्वाचन क्षेत्र र मतदान केन्द्रहरुको आआफ्नै बिशेषताहरु हुने र सोही अनुसार मतदानस्थलहरुको वर्गीकरण गरिएको छ । ‘यहाँ सामान्य पनि छ, संवेदनशील पनि छ । त्यसअनुसार सुरक्षा व्यवस्था गरेका छौं,’ उनले भने,‘सुनसरी जिल्लामा चै चुनौतीको अवस्था छैन । हामी सुरक्षा सर्तकता, निगारानी बढाउछौं ।’ 

प्रजिअ घिमिरेले सुनसरीमा आचारसंहिता उल्लंघनको केही उजुरी परेको र सम्बन्धित निकाय निर्वाचन आयोगमा पठाइदिएको पनि जानकारी दिए । ‘आचारसंहिताले निषेध गरेको कुराहरु टिसर्ट, झण्डा, तुल ब्यानर मापदण्ड भन्दा विपरीत प्रयोग गरेको उजुरी, गुनासो छ,’ उनले भने, ‘घरदैलोमा २५ जना भन्दा बढी मानिस प्रयोग भएको भन्ने छ ।’ फागुन ४ गतेभन्दा अघि सामान्य भेटघाट र घरदैलो गर्न पाइने भएपनि आमसभा, आमप्रचार गर्न नपाइने घिमिरेले खुलाए । 

भिडियो: