धरान: नेपाली कम्युनिष्ट पार्टीबाट सुनसरी क्षेत्र नं १ मा उम्मेद्वार रहेका सुर्यबहादुर भट्टराई (मनोज)का चुनावी प्रतिवद्धताहरु सार्वजनिक गरिएको छ ।
उक्त पार्टीले आज बिहान होटल ड्रिमल्याण्डमा पत्रकार सम्मेलन गर्दै उम्मेद्वार भट्टराईका स्थानीय प्रतिवद्धताहरु सार्वजनिक गरिएको हो । विभिन्न १६ बुँदा समेटिएका प्रतिवद्धताहरुको पहिलो बुँदामा नीति निर्माण र नीतिगत सुधार रहेको छ । शासकीय पुनःसंरचनासहित नेपालको संविधान २०७२ लाई सुदृढ गर्दै जनताका चाहना र आकांक्षा अनुसार संसोधन गर्न आवश्यक पहल गर्ने, संविधान ऐन कानुनमा भएका विभेदकारी व्यवसथलाई संशोधनका लागि पहल गर्नेलगायत यसमा समेटिएका छन् ।
यस्तै, भौतिक पुर्वाधारतर्फ धरान लेउती बहुउद्देश्यीय सुरुङमार्गलाई राष्ट्रिय गौरवको योजनामा समावेश गरि निर्माण गर्न ठोस पहल गर्ने, बाङ्गे धरान, कालाबञ्जार धरान, रामधुनी धरान जोड्ने सडकहरुको स्तरोन्नतीसहित कालोपत्रे बनाउने, बक्लौरी मनिसुन्दरझोडा ३० बिघे नुनीगाउँ हुदै नगर अस्पताल जोड्ने सडक कालोपत्रेमा ठोस पहल गर्ने पनि समोवश छन् । सेउती, सर्दु, अधेरी, सेरा खोलामा तटबन्धनसहित करिडोर निर्माणलाई पुर्णता दिने पनि भट्टराईको चुनावी प्रतिवद्धतामा समावेश छ ।
पर्यटनमा सुनसरी १ मा रहेका धार्मिकस्थलहरुलाई जोड्ने पर्यटन सर्किट निर्माण गर्न ठोस पहल गर्ने, सुम्निमा पारुहाङ, सावायेहाङ भाङ्भे परियोजना निर्माणका लागि संघीय सरकार समक्ष ठोसरुपमा पहल गर्ने, थाउजेन बिग बुद्ध निर्माणमा पहल गर्ने, आदिबासी जनजाति बहुजातीय संग्रहालय निर्माण कार्यलाई पुर्णता दिई सञ्चालनको लागि ठोस पहल गर्ने जस्ता बिषय समावेश छ ।

कृषिमा कृषि क्षेत्रको आधुनिकीकरणका लागि नीतिगत र व्यवहारिकरुपमा पहल गर्ने, बेमौसमी तरकारीका लागि धरान ४, ५ र ६ को उपयुक्त जमिनलाई व्यवस्थापन गर्ने, अदुवा बेसार र तेजपत्ताको लागि बराहक्षेत्र १ र धरान २० लाई पकेट क्षेत्रकोरुपमा स्थापित गरि योजनावद्ध काम गर्ने पनि उल्लेख छ ।
शिक्षा र नवयुवातर्फ आइटी पार्क निर्माण गरि विश्वस्तरमा विकास भएको सुचनाप्रविधिलाई स्थानीय जनताको पहुँचमा पुर्याउन नीति तर्जुमा गरी लागु गर्ने, आइटीको उच्चतम प्रयोग गरि जेन जी नवयुवाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन नीतिगत पहल गर्नेलगायत उल्लेख छ ।
स्वास्थ्यतर्फ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप सुविधायुक्त विश्वविद्यालय र प्रविधियुक्त अस्पतालकोरुपमा विकास गर्ने र एमबिबिएस तहको भर्ना गर्दा कटौती भएको विदेशी कोठा कायम गर्ने, साथै प्रतिष्ठानमा सुनसरी १ का लागि अध्ययन कोटा निर्धारण गर्न पहल गर्ने पनि समेटिएको छ । सुनसरी १ लाई खेलकुद हबकोरुपमा रुपान्तरण गर्ने, खानेपानीको दीर्घकालिन समाधानको लागि स्रोत एकिन गरी दिगो व्यवस्थापनका लागि ठोस पहल गर्ने पनि समावेश छ ।
धरान वडा ५ र ६ लाई नयाँ टाउन प्लानिङ सिटीकोरुप्मा विकास गर्न गुरुयोजना तयार गरी उचित पहल गर्ने, फोहोरलाई दीर्घकालिन व्यवस्थापनको ालगि योजनावद्धढंगबाट पहल गरी प्रदुषण अन्त्य गर्ने पनि उल्लेख छ । वास्तविक सुकुम्बासीलाई मानवीय, व्यवहारिक एवं कानुनी सहजताको लागि तत्काल आवास तथा जमिनको हकदारी तुल्याउन ठोस पहल गर्ने साथै भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासको दीर्घकालिन समाधान गर्न भोगचलनको आधारमा सहज र सरलढंगले धनीपुर्जा प्रदान गर्न नीतिगत सुधार गरी पहल गर्ने पनि उल्लेख छ । यस्तै, भूपूसैनिक तथा प्रहरी, भाषा साहित्य, सँस्कृति र पहिचान, महिला वालवालिका तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकको सवालमा पनि प्रतिवद्धताहरु सार्वजनिक गरिएको छ ।
भिडियो:







