धरान: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सुनसरी क्षेत्र नं १ बाट अरु उम्मेद्वारले जिते कोही पनि प्रधानमन्त्रीको दाबेदार नभएको बताएका छन् । 

श्रम सँस्कृति पार्टीको आज (शुक्रबार) धरानको भानुचोकमा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दे साम्पाङले यस्तो बताएका हुन् । पार्टीका केन्द्रीय अध्यक्ष एवं निवर्तमान धरानका नगर प्रमुखसमेत रहेका साम्पाङले सुनसरी क्षेत्र नं का उम्मेद्वारहरुमा आफु मात्रै प्रधानमन्त्रीको सही दाबेदार भएका जिकिर गरे । 

उनले भने, 'एमालेको टिका लिम्बू कांग्रेसको सुजेन्द्र तामाङ, नेकपाको मनोज भट्टराई र रास्वपाको सरिन तामाङ कोही पनि प्रधानमन्त्री बन्ने होइन, उनीहरुले केपी ओली, गगन थापा, प्रचण्ड कि रवि लामिछानेलाई नै प्रधानमन्त्री बनाउने हो, फेरि उनीहरुलाई नै बनाउने हो ? तर मैले जितेर गए मै प्रधानमन्त्री हो ।'

harka sampang

साम्पाङले आफुले विदेशी शक्तिलाई ढोगेर प्रधानमन्त्री भने नहुने पनि प्रष्ट पारे । त्यस्तो गर्नुपरेमा आफु राजनीति नै नगर्ने पनि उनले बताए । साम्पाङले जेन जी आन्दोलन पछि आन्तरिम सरकार गठनको बेला गृहमन्त्री बन्नलाई राजदुतावासमा जान भनेपछि आफुले अस्वीकार गरेको प्रसंग पुनः दोहोर्याए । उनले भने, 'देशलाई घात गरेर म नेतृत्वमा जादिन ।' 

उनले जेन जी आन्दोलनपछि सबै नेताहरु भागेको र लुकेर बसेको बेला देशलाई सम्हाल्न हिम्मत गरेर अन्तरिम सरकारको प्रधानमन्त्री बन्न काठमाण्डौं गएको पनि बताए । अन्तरिम सरकारको नेतृत्व गर्न पाएको भए प्रत्यक्ष निवार्चित कार्यकारीको चुनाव आफुले गराएरै छाड्ने पनि उनले दाबी गरे । 

harka sampang sava1

यस्तै, साम्पाङले लोकतन्त्र, गणतन्त्रलाई विश्वास गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा आफ्नो पार्टी रहेको पनि बताए । उनले रास्वपाका बरिष्ठ नेता बालेन साह महानगरको प्रमुख हुँदा श्रमजिवी, गरिब दुःखीलाई भाटा हानेर लखेटेको प्रसंग पनि उप्काए । उनले इटहरीको सभामा बालेनले सप्तकोशीको पानी ल्याएर रास्वपाको सरकारले धरानलाई खुवाउने भाषण गरेकोप्रति पनि आलोचना गरे ।

'जनता रुवाउनेले कोशीको पानी धरानलाई खुवाउने रे, बालेन साहलाई भन्न चाहन्छु, एक पटक कोकाहको पाइपैपाइप हिडेर देखाउनु,' साम्पाङले भने । उनले कांग्रेस, एमाले, माओबादीसंगै रास्वपा पनि एमसीसीको मतियार बनेको आरोप लगाउदै देश बनाउने कुनै भिजन नभएको बताए । 

भिडियो:

भिडियो: