धरान: प्रतिनिधिसभा सदस्यको लागि हिजो बिहिबार (फागुन २१ गते) भएको निर्वाचनमा सुनसरी जिल्लामा ६४ प्रतिशत मत खसेको छ । त्यसमध्ये पनि सुनसरी क्षेत्र नं १ मा ५८ प्रतिशत मात्र मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

चार वटा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा सुनसरी १ मा खसेको सबैभन्दा कम प्रतिशत मत हो । सुनसरी १ मा कुल मतदाता १ लाख ५० हजार ३९३ रहेकोमा ८७ हजार ५६५ मात्र मत खसेको निर्वाचन कार्यालयको भनाई छ । सुनसरी १ को मतदानस्थलहरुबाट राती अबेर मात्र मतपेटिका संकलन भएर सुरक्षित राखिएको कारण मतगणना शुरु हुन सकेन । 

निर्वाचन अधिकृतको कार्यालयले एक सुचना जारी गर्दै मतगणनाको लागि आज (फागुन २२) बिहान ९ बजे सर्वदलीय एवं सर्वपक्षीय बैठक राखिएको र त्यसपछि मात्र गणना कार्य सुरु हुने जनाएको छ । उक्त बैठकले निर्णय गरेपछि १० बजेतिर गणना शुरु हुने बताइएको छ । 

sunsari-upadate1

elction notice