धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ को पछिल्लो मतगणनाको परिणाम अनुसार श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ)ले अग्रता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं १ देखि ५ सम्मको गणना सकिदा अञ्जुलीमा माटो चुनाव चिह्न रहेका साम्पाङले १४१० मतको अग्रता लिएका हुन् । उनले ४८३६ मत पाएका छन् ।
शुरुवाती चरणमा अग्रता लिएकी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सरिन तामाङ (गोमा)को मत ३४२६ रहेको छ । यस्तै, तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टी (चिह्न तारा) का मनोज भट्टराईको मत १०८५ रहेको छ भने नेपाली कांग्रेस (रुख) का सुजेन्द्र गोले तामाङको मत ७२८ रहेको छ ।
यसैगरि, नेकपा एमाले (सुर्य) का टिकाराम लिम्बूको ५९१, राप्रपाका उद्धव श्रेष्ठ (हलो) को ३१३, उज्यालो नेपाल पार्टी (बिजुलीको चिम) का डम्बर लावतीको ८६, राष्ट्रिय साझा पार्टी (ढाका टोपी) का भुपी राईको २५, नेपाल मजदुर किसान पार्टी (मादल) का महेश श्रेष्ठको १८, जनता समाजवादी पार्टी (जाँतो) का नगेन्द्रबहादुर लिम्बूको १६, संयुक्त नागरिक पार्टी (गितार) का नरेश बिकको १४ मत रहेको छ ।
सहायक निर्वाचन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार हालसम्म खसेको मतको ११ हजार ७८५ मतगणना सकिएको छ । त्यसमध्ये ११ हजार २२६ मत सदर भएको छ भने ५५९ मत वदर भएको पनि सापकोटाले जानकारील दिए ।
भिडियो:



