धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणनाको पछिल्लो परिणाम सार्वजनिक हुँदा श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ)को मत १६ हजार नाघेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले धरान वडा नं १३ सम्मको गणना सकेर सार्वजनिक गरेको परिणाम अनुसार साम्पाङको मत १६४५८ आएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार सरिन तामाङ (गोमा)को मत १०४८५ रहेको छ । साम्पाङ सरिनभन्दा ५९७३ मतले अगाडि छन् ।
यस्तै, तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार मनोज भट्टराईको २५१९ मत छ भने चौथो स्थानमा नेकपा एमालेका उम्मेद्वार टिकाराम लिम्बूको २३५६ मत रहेको छ । नेपाली कांग्रेसका सुजेन्द्र गोले तामाङको १६६४, राप्रपाको उद्धव श्रेष्ठको ६४४, उज्यालो नेपाल पार्टीका डम्बर लावतीको ३०७ मत रहेको छ ।
निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार वडा १ देखि १३ सम्म खसेको कुल मत ३६५८० गणना भएको छ । त्यसमध्ये ३४०९३ मत सदर र १६५० मत वदर भएको पनि अधिकृत घिमिरेले जानकारी दिए ।
भिडियो:




