धरान: मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरु सहभागी भएका छन् ।

आज मंगलबार गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा आयोजित अडिसनमा ५.४ इन्च उंचाई , प्लस २ पास र १८ बर्ष नाघेका अविवाहित युवतीहरु मात्र सहभागी हुन पाए । यो नियमले गर्दा १२ जना सहभागी भए पनि अधिकांश उंचाई नपुगेर अडिसनमा भाग लिन पाएनन् । अडिसन दिनेहरु धरान , इटहरी र धनपालथान गाउँपालिका, मोरंग आएका थिए । अडिसनमा मिस नेपाल २०१७ निकिता चंडक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत निर्णायक रहेका थिए । उनीहरुले कुराकानी, प्रस्तुति, आत्मविश्वास, बौद्धिक स्तरमापनको आधारमा अंक दिएको आयोजकले जनाएको छ ।

IMG_9353.psd

नेपालको ८ वटा ठाउको अडिसन सकिएपछि आगामी चैत्र १५ गते काठमाडौँको होटल अन्नपूर्णमा अन्तिम अडिसन राखिएको आयोजक हिडेन ट्रेजरले जनाएको । उक्त अडिसन पछि सम्पूर्ण प्रतियोगीहरुबाट अंकको आधारमा अन्तिम २५ जनामा छनोट गरिने छ । प्रत्येक वर्ष मिस नेपाल विजेताहरुलाई प्रदान गरीदै आएको पुरस्कारको रासी यो वर्ष बाट बढाएर प्रति विजेता रु दुई लाख पचास हजार दिईनेछ । यो बर्षका बिजेताहरुले मिस वर्ल्ड, मिस अर्थ, मिस इन्टरनेशनल र मिस सुपर नेशनल मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

IMG_9389.psd IMG_9332.psd IMG_9334.psd IMG_9339.psd IMG_9341.psd IMG_9343.psd IMG_9355.psd IMG_9363.psd IMG_9372.psd

IMG_9387.psd IMG_9333.psd