धरान: नेपालकै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२० बारे जानकारी गराउने तथा इच्छुक प्रतिस्पर्धीहरुको खोजी गर्ने उद्देश्यले धरानमा कलेज एक्टिभेशन कार्यक्रम सम्पन्न भएको छ ।

आयोजक हिडेन ट्रेजरले धरानका विभिन्न कलेजहरुमा आज सोमबार कलेज एक्टिभेशन कार्यक्रम गरेको हो । यो कार्यक्रम धरान सिटी कलेज, केन्द्रिय प्रविधि क्याम्पस हातिसार, युएन नवोदय बिबिएस र बिबिएम कलेजहरुमा भएको थियो । ती कलेजमा मिस नेपाल २०१७ निकिता चंदक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेतले मिस नेपालको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

miss-nepal-20201

मिस नेपाल २०२० को अडिसन चैत्र ४ गते मंगलबार धरानको गोर्खा डिपार्टमेन्ट स्टोरमा हुनेछ । चंदक र बस्नेत दुवैले अडिसनमा बस्दा पनि धेरै कुरा सिक्न सकिने भन्दै सहभागी हुन आह्वान गरेका थिए । अडिसनमा भाग लिन प्लस २ पास, ५.४ इन्च उंचाई र १८ बर्ष पुगेको हुनेपर्नेछ । अडिशनमा भाग लिन कुनै शुल्क बुझाउनु नपर्ने आयोजकले जनाएको छ ।

एक्टिभेसन कार्यक्रम पश्चात अडिसनमा भाग लिन इच्छुक युवतीहरुलाई गोर्खा डिर्पाटमेन्ट स्टोरमा उत्प्रेरणा कार्यक्रम पनि आयोजना गरिएको थियो । उत्प्रेरणा कार्यक्रममा धरानका २० भन्दा बढी युवतीहरु सहभागी भएका थिए । उनीहरुलाई मिस नेपाल चंदक र मिस नेपाल अर्थ बस्नेतले क्लास लिएका थिए ।

miss-nepal-2020, 2

miss-nepal