धरान: दशैं तिहारको बेला धरानको भानुचोकस्थित बसपार्कमा पहाडी क्षेत्रको गाडीहरुमा थामिनक्सन्नु यात्रुहरुको चाप हुन्छ ।

चाडपर्व मनाउन बिशेष गरी काठमाण्डौंबाट गाउँघर फर्कनेको ताती हुन्छ । अरुबेला भने यो बसपार्क क्षेत्र सामान्यरुपमा नै चल्छ ।
अहिले न दशैं हो, न तिहार । तर, आज शुक्रबार बिहान भने भानुचोकको पहाडी रुटको गाडीहरुमा अत्यधिक यात्रुहरुको चाप थियो, ठ्याक्कै दशैंतिहारको बेला झैं । यात्रुहरुको चाप १० बजेसम्म पनि उस्तै थियो ।

यातायात मजदुरहरुका अनुसार कोरोनाको त्रासले गर्दा मानिसहरु आफ्नो घर फर्किरहेका छन् । दशैंतिहारमा जस्तै काठमाण्डौंबाट घर फर्किनेहरुको संख्या बढेकोले अचानक आजदेखि यात्रुहरुको चाप बढेको उनीहरु बताउँछन् । सरकारले लामो दुरीको यात्रा सकेसम्म नगर्न र घरबाहिर ननिस्कन पनि आह्वान गरेकोले आफु संक्रमणबाट जोगिन मानिसहरु राजधानी काठमाण्डौं छोडेर घर फर्किरहेका छन् ।

IMG_9475.psd IMG_9473.psd IMG_9480.psd IMG_9483.psd IMG_9485.psd IMG_9478.psd

IMG_9487.psd