सुनसरी: नेपाल पत्रकार महासंघ सुनसरीले इटहरीस्थित एरिना टेलिभजनमा कार्यरत पत्रकारमाथि फोन सम्पर्क गर्दा अश्लील शब्दमा गाली गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको जोखिमको बेला समाचार संकलन तथा सम्प्रेषण गर्ने पत्रकारलाई सहज ढंगले काम गर्ने वातावरण बनाउनुको साटो अपशब्द बोलेकोमा खेद प्रकट गरेका छन् । स्वतन्त्रतापुर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि मेयर चौधरीबाट पटक पटक प्रेसविरोधी दुव्र्यवहार हुदै आएको भन्दै महासंघले यस्ता कार्य नियन्त्रण गर्न जोडदार माग पनि गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संविधानले सुनिश्चित गरेको अधिकारलाई निर्वाध र सुरक्षितरुपमा उपयोग गर्ने वातावरण निर्माण गर्न पनि महासंघले माग गरेको छ ।

fnj