धरान : सुनसरी उद्योग वाणिज्य संघले धरान उपमहानगरपालिकाको फुड बैंकमा ५ हजार किलो चामल प्रदान गरेको छ ।

संघले कार्यसमितिका सदस्य र वस्तुगत संस्थाहरुको सहयोगमा यो परिमाणमा चामल हस्तान्तरण गरेको हो । संघका अध्यक्ष गिरीधारी सापकोटाले उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीलाई चामलको रसिद हस्तान्तरण गरेका थिए । संघका अनुसार स्थानीय भवन निर्माण व्यवसायी संघ धरान, सुनसरी सुनचा“दी व्यवसायी संघ, धातु व्यवसायी संघ धरान, नेपाल साना उद्योग व्यवसायी संघ धरान, धरान मदिरा डिलर व्यवसायी संघ, धरान मनिहारी उपहार व्यापार संघ, धरान रेडिमेड व्यापार व्यवसायी संघ र फेन्सिसप व्यापार संघ (मेहरलाल श्रेष्ठ)को पनि सहयोगमा चामल सहयोग गरिएको संघका सदस्य विष्णु बरालले जानकारी दिए ।

rahat 1

संघले यसअघि ७५० लिटर खानेतेल र १२ सय ५० किलो नुन, २६ सय वटा साबुन पनि सहयोग गरिसकेको थियो । यसैबीच, लकडाउनको कारण सुनसरी उद्योग वाणिज्य संघले चैत्र २८ गते उद्योग वाणिज्य दिवस सामान्यरुपमा मनाएको छ । उद्योगी, व्यवसायीहरुको हकहित र कोरोनाको कहरबाट चाडै उन्मुक्त रहने कामना गर्दै सा“झ सचिवालयमा दीपावली गरि सामान्य रुपमा दिवस मनाइएको महासचिव राजेश अग्रवालले जानकारी दिए ।