इटहरीः इटहरी अस्पतालले कोरोना भाइरसको द्रुत परिक्षण अर्थात र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी टेस्ट) शुरु गरेको छ ।

इटहरी उपमहानगरपालिका क्षेत्र भित्र तीन हप्ता बीचमा बिदेशबाट आएका नागरिकको द्रुत परिक्षण शुरु गरिएको हो । समुदायमा जोखिम कम गर्न र नागरिकलाई थप विश्वस्त तुल्याउन उक्त परिक्षण थालिएको नगरपालिकाले जानकारी दिएको छ । पहिलो दिन मंगलबार ५९ व्यक्तिको परिक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको अस्पतालका इमजेन्सि इन्चार्ज रमेश धमलाले जानकारी दिएका छन् । यो क्रम निरन्तर चल्नेछ । वडातहबाट आफ्नो टोलमा विदेशबाट आएका नागरिकका पहिचान नगरे गरेका छ । उनिहरुले अस्पतालमै पुगेर रगत परिक्षण गराउने पर्ने हुन्छ ।

itari-rapid-test

रगतको माध्यमबाट गरिने यो परिक्षण दु्रत नतिजा दिने माध्यम हो । मास स्केलमा परिक्षण गर्ने यो विधिबाट यदि नतिजा पोजिेटिभ आए मात्र पिसिआर माध्यमबाट पुनः कोरोना भए नभएको एकिन गरि उपचार थालिन्छ । यहाँबाट यदि कसैमा पोजेटिभ नजिता आए नजिकै रहेको धरानको विपी प्रतिष्ठानमा ल्यावमा थप परिक्षण गर्न लैजाने गरि तयारी थालिएको छ ।

द्रुत परिक्षण विधिबाट परिक्षण गर्दा नमुनामा सँक्रमण प्रतिरोधी एन्टीबडी छ कि छैन भनेर जाँचिन्छ । परिक्षण एन्टीबडी देखाए पोजेटिभ र देखाएन भने नजिता नेगेटिभ हुन्छ । ‘हाम्रो शरिरमा कुनै पनि भाइरस प्रवेश गरेपछि शरिरले त्यस्ता संक्रमणसँग लड्न प्रतिरोधी संयन्त्र निमार्ण गर्छ ।’ धमलाले भने ‘एण्टीबडीले जीते बिरामी भइदैन । तर भाइरसले जीते रोगको लक्षण देखिन थालेर विरामी परिन्छ ।‘