बेलायत:कोरोना भाइरस(कोभिड १९)को संक्रमणसँग जुधिरहेको बेलायतमा एक भूपू गोर्खा सैनिकको कारमा आगजनीको घटना भएको छ । उक्त घटनालाई कोरोना भाइरसको कारण एसियाली मुलका नागरिकहरुप्रति बढ्दो घृणाले निम्त्याएको भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । 

बेलायतको मेडस्टोनमा हिजो राती करिब ११ बजे भूपू गोर्खा सैनिक राम कुमार लिम्बुको कार आगजनी भएको हो । कोरोना भाइरस र लकडाउनले आक्रान्त बनेको बेलायतमा पछिल्लो समय एसियाली मुलका नागरिकहरुप्रति घृणा, गालीगलौज तथा भौतिक आक्रमणको घटनाहरु बढ्दै गएकोमा नेपालीहरु पनि चिन्तित छन् । नेपालीहरुमाथि पनि हिंसाका घटना बढ्दै गएको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापीरुपमा फैलिदा बेलायत पनि अछुतो रहेको छैन । त्यहाँ १३ हजार बढीको ज्यान गइसकेको छ भने तीन साताको लागि लकडाउन थपिएको छ ।

car-fire-uk