यो युकेस्थित मेडस्टोनमामा हिजो भूपू गोर्खा सैनिक राम कुमार लिम्बु नाम गरेका नेपालीको गाडीमा केहि अतिवादी गोराहरुले घरमै आगजनी गरीदिएका छन् । उक्त घटना घट्नुको मुख्य कारण कोरोना भाइरसबाट बढ्दो घृणा(हेट क्राइम) नै हो भन्ने जानकारी आएको छ ।

अहिले कोरोना भाइरसकै कारण हामीजस्ता एसियन मुलका मानिसहरुमा अनि नेपालीहरुमा पनि चौतर्फीरुपमा यस्ता हेट क्राइम(घृणा/गालीगलौज गर्ने /कुटपिट/आक्रमण) जस्ता घटनाहरु घटिरहेका छन् । यो भन्दा पहिला पनि युकेमा भुपु गोर्खा सैनिक बुढाबुढीहरुलाई पटक पटक ढुंगाले हान्ने र आक्रमण/कुटपिट/थुक्ने /गालीगलौज गर्ने/मेरो देशमा किन आएको ? तेरो आफनै देशमै जा ! भन्ने जस्ता घृणित कार्यहरु घटिरहेको थियो ।

car-fire-uk1

 

हामी नेपालीहरु जतिसुकै यो देशको लागी बफादार भएर जागिर गरेपनि, युरोप–अमेरीका/युकेमा बसेर यतै व्यापार व्यवसाय गरेर टाईसुट लगाएर हिडे पनि, घर–गाडि किने पनि, जतिसुकै पैसा कमाएर लक्जरियस् जीवनशैलीमा बसे पनि, यहिको ग्रिनकार्ड/रेड पासपोर्ट लिएर गोरा सरह हुन खोजे पनि आखिर यी सेतो छाला गोराहरुको नजरमा हामी सिर्फ यहाँको विदेशी, खान नपाएर उनीहरुको देशमा आएझै विदेशी नै हौ । हामी यो देशमा आएर जतिसुकै उच्च तह–तप्कामा पुगे पनि यिनीहरुको दृष्टिकोणमा हामीलाई हेर्ने दृष्टिकोण यहि नै फरक हुने गर्दछ ।

मेरो सिद्धान्त जीवनमा यसरी अरुबाट घृणित भएर कहिल्यै बाँच्नु नपरोस, आफनै गाउँ ठाऊँमा एक स्वतन्त्र र स्वाभिमानी जिन्दगी बिताएर स्वाभिमानी भएरै मर्न पाईयोस् । यो देशमा यिनीहरुको नजरमा यसरी घृणित भएर कसरी बाँच्नु सकिएला ? यस्तो घटनाहरु देख्दा–सुन्दा साँच्चै नै मेरो मुटु पोल्ने गर्दछ । त्यसैले म भन्ने गर्दछु जे जस्तो दुःख–सुख गरीब नै भएपनि आफनै देशमा फर्किनु पर्दछ, कमसेकम यसरी घृणित भएर बाँच्नु त पर्दैन । अतः यदि म जन्मिएको मेरो देशमा, मेरो गाउँठाउँमा बाहेक यही विदेशमा नै म कहि कतै मरेछु भने मेरो आत्माले कहिल्यै पनि शान्ति पाउने छैन, मेरो अन्तिम मरण मेरै देश अनि गाउँमै होस् । (स्रोत:मुलघरे कान्छा फेसबुक)