जब गरिब भेट्छन्, फोटो खिच्छन र प्रपोजल बनाएर गरिबी निवारणको नाम गर्दै दातृ निकायबाट सहयोग ल्याउछन् । अरुबेला गरिबका दाता बनेर सबै समस्या समाधान गर्ने भन्दै हिड्ने दाताहरु अहिलेको कोरोना भाइरसको यो महामारीमा कहाँ छन् ?

यति बेला देश संकटमा छ, गरिबहरु खाद्यान्न अभावमा छन् । दैनिक काम गरेर खाने भुमिहिन सुकुम्बासी समुदायहरुमा लक्डाउन बड्दै जादा खाद्यान्न संकट पनि बढ्न थालेको छ । यस्तो अबस्थामा हिजोको दिनमा तिनै वर्गलाइ आधार बनाएर डलरको खेती गर्ने एन.जि.ओ/आइ.एन.जि.ओ.हरुले यतिबेला यी समुदायमा राहतको ब्यबस्था गर्नु पर्ने होइन ?

हाम्रो देश मा नाम चलेका यस्ता सस्थाहरु समाज कल्याण परिषदमा दर्ता भएका हजारौं छन् । यो बिपतको घडिमा ३ र ४ ओटाले केही दिए जस्तो गरे पनि बिपन्न समुदायले महशुस गर्ने गरि राहत प्राप्त गर्न सकेका छैनन् । गरिबका लागि काम गर्ने ती सहयोगी सस्थाले ५५ मात्र खर्च गर्ने हो भने देशभरका सुकुम्बासीलाई २ महिना खान पुग्छ । यो बेला सरकारले पनि सबैलाइ सबै ठाउँमा भनेजति राहत दिन सकेको छैन । यस्तो अबस्थामा त्यस्ता संस्थाहरु आफै अग्रसर हुनु पर्ने हो ।

राहतका नाममा सरकारले १० किलो चामल बाडेर एक महिना गरिबलाई खाना पुग्दैन । त्यसैले अब सरकारसँग समन्वय गरेर भए पनि त्यस्ता दातृ संस्थाहरुले सहयोग गर्नु पर्छ । अरु बेला भन्दा यो घडी अत्यन्तै संवेदनसिल छ । यस्तो अबस्थामा सहयोग भएन भने अरु समयमा गरिबको लागि भनेर अन्तराष्ट्रिय सहयोग भित्राएको के अर्थ हुन्छ ?

अझै लकडाउन थपियो भने दैनिक काम गरेर खानेहरु कोरोनाले हैन, भोकमरीले मर्ने अवस्था आउन सक्छ । तसर्थ यो समय सबैका लागि साँच्चै पीडितलाई राहत दिने हो । देशभरमा रहेका वास्तविक भुमिहिन सुकुम्बासीलाई यतिबेला प्रत्यक्षरुपमा खाद्य संकट छ । यो समयमा गरेको सहयोग पिच बाटो बनाएको भन्दा ठूलो हुनेछ किनकी पहिला बाँच्नुपर्छ, बाँचे पछि थुप्रै कुरा गर्न सकिन्छ । साथै स्थानीय सरकारलाई अनुरोध छ, राहत दिदा कम्तिमा लकडाउनको समयसम्म खान पुग्ने दिनुस् । राहत दिन नसक्ने हो भने पछि फिर्ता गर्ने गरी भए पनि दिनुपर्छ । लकडाउन खुले पछि जनताले कमाएर फिर्ता गर्नेछन् । नत्र राहतका लागि झारो टार्ने काम मात्र नगर्नुस् । गरिबका लागि पनि राज्य छ भन्ने आभाष हुने गरि खाना नपाएका जनतालाइ राहात दिनुपर्छ । राहत पनि बैज्ञानिक ढंगबाट बितरण गर्नुपर्छ ।

स्थानीय सरकारले घर घरमा गाडिमा राहत पुर्याउने ब्यबस्था गर्नु पर्छ । यस्तो बेलामा लाइनमा जनतालाई उभ्याएर भिडभाड नगरी एउटा समय निर्धारण गरेर घरैमा राहत पुर्याउनु बुद्धिमानी हुन्छ । अन्त्यमा घरमै बसौं, आफू पनि बाँचौ र अरुलाइ पनि बचाऔ । हाम्रो एक मात्र उपाय भनेको घरमै बसेर सुरक्षित हुनु हो ।
 (लेखक नेपाल बसोबास बस्ती संरक्षण समाजका महासचिव एवं संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अध्यक्ष हुन् ।)