धरान: वातावरण, पर्यावरण र जैविक विविधता संरक्षणको नारा अंगाल्दै गएको महिनामा नेपालका विभिन्न मेडिकल कलेजहरु सहभागी विविध प्रतियोगितात्मक कार्यक्रम गरी बायो–इथिक्स दिवस मनाइएको छ। 

मानव अस्तित्व, स्वास्थ्य र विकासका लागि वातावरण, जैव मण्डल र जैविक विविधताको संरक्षण आवश्यक छ भन्ने तथ्य औंल्याउँदै यो बर्ष सन् २०२५को बायोइथिक्स दिवस मनाइएको हो । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध चेतनामूलक कार्यक्रमहरुको अक्टोवर ३१ का दिन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको छ ।

नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यार्थी संकायका अनिशा गिरी र क्रिष्टिना राईले सञ्चालन गरेका थिए । कार्यक्रममा मूल टिप्पणीमा नेपाल एकाईका प्रमुख प्रा.डा. शाक्यले एकाई र यस सिद्धान्तबारे परिचयात्मक मन्तव्य राखेका थिए । उनले बायोइथिक्सको महत्वपूर्ण १७ औं सिद्धान्त यस वर्षको नाराले मानव मानव अस्तित्व, स्वास्थ्य र विकासका लागि वातावरण, पर्यावरण, जैव मण्डल र जैव विविधताको संरक्षण अत्यावश्यक भएकाले सबैले आआफ्नो तर्फबाट भुमिका र पैरवी गर्नुपर्ने धारणा रारोखका थिए । 

Photography 2025 copy

नेपाल एकाईका सदस्य प्रा.डा. सरुन कोइरालाले चिकित्सा शिक्षा, डा. अशोक ऐरले दन्त चिकित्सा, खेमचन्द सुवेदीले नागरिक तथा कानूनी पहलुबारे प्रकाश पारेका थिए । विद्यार्थी संकायका समिप रेग्मीले यस वर्षको नाराबारे सेमिनारमा प्रस्तूति राखे ।

यस वर्ष प्रा.डा. रविराम श्रेष्ठ, प्रा.डा. सरुन कोइराला र डा. अशोक ऐर निर्णायक रहेको फोटोग्राफी प्रतियोगिता पनि भएको थियो । उक्त प्रतियोगितामा सुरजा शाक्य प्रथम, सम्पदा धिमाल दोश्रा तथा सुदिन भुषाल तेश्रा भएका थिए । 

यसैगरि, प्रा.डा. रविराम श्रेष्ठ, डा. किशोर गुरुंग र डा. अशोक ऐर निर्णायक रहेको आर्ट पोस्टरमा उज्ज्वल ठाकुर र सुरजा शाक्य पुरस्कृत भएका थिए । यस्तै, प्रा.डा. धनरत्न शाक्य र प्रा.डा. रविराम श्रेष्ठ निर्णायक रहेको वैज्ञानिक पोष्टरमा प्रशान्त सापकोटा र प्रा.डा. धनरत्न शाक्य, प्रा.डा.सरुन कोइराला र डा. किशोर गुरुंग निर्णायक रहेको कवितामा जीवन भुजेल पुरस्कृत भएका थिए ।

Art posters 2025 copy

कार्यक्रमका संयोजक नेपाल एकाई तथा प्रतिष्ठानको मानसिकरोग विभाग प्रमुख प्रा.डा. शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन्का यस्ता अवसर र कार्यक्रमहरु नियमित र बिस्तारित हुँदै जानुपर्ने बताए । विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३ मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएकोछ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएकोछ ।