धरान: नेपालमा आज कोरोना पोजेटिभ २ जना थपिएका छन् ।

नयाँ कोरोना संक्रमित उदयपुर जिल्ला र जनकपुरका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले उदयपुरकी ५५ बर्षीय महिला र जनकपुरका १४ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । दुवैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको पनि उनले बताए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ जना पुगेको पनि डा.देवकोटाले जानकारी दिए । उनका अनुसार आज नै पाटन अस्पतालमा उपचाररत पेप्पीकोलाका संक्रमित ५८ बर्षीय पुरुष र ८१ बर्षी महिला निको भएर घर फर्किएका छन् । यो सँगै निको भएर घर फर्किने संक्रमितको संख्या ९ जना पुगेको छ । बाँकी सबैको अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको पनि डा.देवकोटाले जानकारी दिए ।