काठमाडौं: कोरोना भाइरसको कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ ।

यो समाचार तयार हुँदासम्म थप १ हजार १ सय २२ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको कुल संख्या भने ६८ हजार ५ सय ६६ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार ४ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित हुने मानिसको कुल संख्या भने ११ लाख ८७ हजार २ सय ३३ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ७८ हजार २६३ जना उपचारपछि निको भएका छन् ।