खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडाका १४ बर्षीया अम्बिका रोक्काको खालाले बगाएर मृत्यु भएको छ ।
सोमवार दिउँसो बाख्रा चराउन खोलातर्फ गएको र फर्कदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाई बालिका बेपत्ता भएकी थिइन् । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले पनि उनको खोजतलास गरेको थियो । सो क्रममा बगाएको स्थान भन्दा करिव १ किलोलमिटर तल मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।







