संखुवासभा: संखुवासभाको सभापोखरी गाउँपालिका ६ बाह्रबिसेमा जंगली च्याउ खाएर बुबा र छोरा विरामी परेका छन् ।

स्थानीय ४५ बर्षीय सुर्य बहादुर लिम्बु र उनका ६ बर्षीय छोरा आमोस लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका हुन् । सोमवार बेलुका घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै बुबा छोरा बिरामी भई जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।