काठमाण्डौं: सरकारले मदन भण्डारी राजमार्गलाई आगामी ५ बर्षभित्र पुरा गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा आज पशे गरेको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यो कुरा समेटिएको हो । आगामी आर्थिक बर्षमा १५५ किलोमिटर कालोपत्रे गर्ने र झापादेखि धरानसम्मको खण्डमा पुल निर्माण कार्य थाल्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै, सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । उनले भनिन्, ‘तदनुरुप नै छुटेको भूमि समेत समापेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’