विराटनगरः मोरङमा रहेका १५ हजार भारतीयलाई कसरी स्वदेश फर्काउने भन्ने बारे दुुई देशबीच छलफल चलिरहेको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा रहेका ती नागरिकलाई आफ्नो देश फर्काउन उच्चस्तरीय तहबाट छलफल चलाइरहेको प्रमुख जिल्ला अधिकारी मदन भुुजेलले जानकारी दिएका छन् । ‘विभिन्न उद्योगमा काम गर्ने व्यक्तिहरु भारत फर्कन चाहनुुहुन्छ,’भुुजेलले भने,‘कामदारको रुपमा, आफन्त भेट्नलगायत विभिन्न काममा आएका १५ हजार व्यक्तिहरु तत्काल फर्कन चाहनुुहुन्छ ।’

भारतबाट आउने अधिकांश नागरिकको हिस्सा इँटा उद्योगमा मजदुरको रुपमा काम गर्न आउने छ । नयाँ इँटा बनाउने सिजनसमेत सकिएको हुँदा उनीहरु जतिसक्दो चाँडो घर फर्कन चाहन्छन् । नेपालसँग सांस्कृतिक सम्बन्ध समेत रहेको हुँदा आफन्त भेट्न र घुुम्न आएका धेरै भारतीयसमेत नेपालमा रहन बाध्य भएका छन् । त्यस्तै, खेती किसानी, माछा मार्न आउने र व्यापार व्यवसाय गर्न आएका धेरै भारतीय जिल्ला भित्रका विभिन्न ठाउँमा थुनिएको प्रशासनको भनाई छ ।

जिल्ला भित्र रहेका भारतीय नागरिककोबारे नेपालस्थित भारतीय दुुतावास र सीमापारको जिल्लाबाट समेत सोधखोज भइरहेको प्रजिअ भुजेलले जानकारी दिए । लकडाउन लम्बिएसँगै जहाँ रहेका थिए, त्यहाँ असजिलो हुने बुुझेपछि उनीहरु चाँडो घर फर्कन विभिन्न माध्यमबाट आफुुलाई खबर गरिरहेको उनले जानकारी दिए ।

उता भारतबाट नेपाल फर्कन चाहने नागरिकको सँख्या भने १ सय ५० रहेको बताइएको छ । रानीस्थित सीमावर्ती क्षेत्रमा केही दिन अघि आएका ती नागरिक भारतीय अधिकारीको निगरानीमा क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुलाई कसरी नेपाल छिराउने भन्नेबारे सरकारसँग राय लिएको र अब उचित स्वास्थ्य परीक्षण गराइ सकेपछि आ–आफ्नो पालिकाका जनप्रतिनिधिमार्फत घर पुुर्याइने प्रजिअ भुुजेलले बताए ।

भारतले यातायात प्रणाली खुकुलो गरेसँगै त्यसले नेपाल भित्रिने नेपालीको चाप बढाउने निश्चित रहेको हुँदा प्रशासन सतर्क रहेको छ । विभिन्न १७ स्थानमा होल्डिङ एरिया बनाइरहेको सरकारले सीमाको चाप थेग्दै स्वदेश भित्रिने नागरिकको व्यवस्थित आगमन र पालिकामा पुर्याउने बारे तयारी थालिएको छ । भिडियो :