विराटनगरः  भोलि देखि प्रदेश एकको छैटौँ एवंम बजेट अधिवेशन सुरु हुँदैछ । कोरोना सङ्क्रमणको त्रासले वैशाख ३ गते सूचना टाँस गरेर स्थगित गरिएको हिउँदे अधिवेशन पुनः अर्को सूचना प्रकाशित नगरुन्जेल बन्द हुने जानकारी दिइएको थियो ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बेला भएको र त्यसमाथि सांसदहरूको  छलफल गर्नुपर्ने भएको हुँदा त्रासकै बिच भए पनि बैठक राखिएको हो । बैठक सञ्चालनका लागि साबिक बैठक हलको संरचनामा फेरबदल गरिएको संसदीय सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

पराजुलीकाअनुसार साबिक हलमा १ सय २० कुर्सी  राखिएको थियो । जहाँ सबै सांसदसहित पत्रकार र अतिथि दर्शकका लागि कुर्सी छुट्ट्याइएकोमा अहिले ६० कुर्सी मात्र भुुइँतलामा छन् भन बाँकी सांसदका लागि पहिलो तलामा रहेको नेकपाको संसदीय दलको बैठकमा ३० कुर्सी व्यवस्था गरिएको छ ।

pradesh-sava3

भुइँतलामा भएको बैठकको श्रव्यदृष्य पहिलो तलामा हुने सांसदहरुले हेर्न पाउनेछन् भने पहिलो तलामा रहेका सांसदहरुलाई भुइँतलाबाट सभामुुखले नियाल्नका लागि मनिटरको व्यवस्था गरिएको छ । माथिल्लो तालबाट छलफलमा सहभगी सांसदहरूको भिडिओ कन्फ्रेरेन्स तल्लो तलाबाट देखिने व्यवस्था गरिएको छ । संचारकर्मीका लागि भने नेपाली काँग्रेसको संसदीय दलको कोठाबाट रिपोर्टिङ गर्ने व्यवस्था गरिएको छ ।

प्रदेश सभा सचिवालयले बैठक सञ्चालनका लागि सबै सांसद, कर्मचारी, सुरक्षाकर्मी र संचारकर्मीको कोरोना जाँचका लागि स्वाब संकलन गरिसकेको छ । अहिलेसम्म कसैको पोजेटिभ नजिता आएको छैन । बैठक अवधिभर सभाहललाई सेनिटाइज गरिने र आउने जाने व्यक्तिले अनिवार्य कोरोना जाँच नजिताको रिपोर्ट बोक्नुुपर्नेछ । कोरोना जाँच नगराएको व्यक्तिलाई सभाहलमा प्रवेश गर्न नदिने सचिवालयले जानकारी दिएको छ ।

pradesh-sava4