धरान: सेन्चुरी बैंकको युएई शाखा सेन्चुरी रेमिटले कोरोना भाइरसको कारण युएईमा समस्यामा परेका नेपालीका लागि राहत सामग्री सहयोग गरेको छ ।

सेन्चुरी रेमिटले आवुधावी राहत वितरण टोलीलाई खाद्यान्न तथा दैनीक उपभोग्य सामाग्री प्रदान गरेको हो । सेन्चुरी बैंकका युएई प्रमुख एवं चर्चित गायक प्रकाश पौडेलमार्फत ३ सय केजी चामल र ५४ लिटर तेल लगायतको खाद्यन्न सामाग्री राहत टिमलाई उपलब्ध गराइएको थियो । राहत वितरण टोलीका सदस्यहरु कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतले उपलब्ध सहयोग सामाग्री बुझेका थिए ।

यसै गरि बैंकले गैर आवासीय नेपाली संघ (नेपाल एसोसिएसन ) युएईको राहत वितरण टोलीलाई समेत १ हजार दिराम बराबरको राहत सामाग्री उपलब्ध गराएको छ । राहत समाग्रीमा २ सय केजी चामल, १ सय केजी आलु , १ सय केजी प्याज, ५५ लिटर तेल र अन्य खाद्यन्न सामाग्री रहेको युएई प्रमुख प्रकाश पौडेलले अनलाइन सम्पर्कमा क्लिक धरानलाई जानकारी गराए । उक्त सामाग्री नेपाल एशोसिएसनका उपाध्यक्ष नरेश शेन, गैर अवासीय नेपाली संघका आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष विश्वदिप शाह र केशव नेपालले बुझेका थिए ।

centuri

हाल अवुधाविमा करिव तीन लाख नेपालीहरु रहेको राहत वितरणका सदस्य समेत रहेका पौडेलले बताए । अवुधावीमा कार्यरत उनीहरुले १२ जनाको टिम बनाएर कोरोनाको कारण समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आइरहेका छन् । अहिले सम्ममा एक हजार ६ सय जनालाई ७ हजार केजी चामल, ३ हजार केजी दाल, २ हजार लिटर तेल, ३ हजार ५ सय केजी आलु, २ हजार केजी नुन, ५ सय लिटर सोयाविन र ५ सय केजी हल्दि मसला वितरण गरिसकेको छ । करिव १० दिनसम्म खान पुग्ने गरि राहत सामग्री स्टक रहेको समेत उनले बताए । सहयोग सामग्री विभिन्न सहयोगि संस्था र व्यक्तिहरुबाट संकलन गरिएको पौडेलले जनाए ।