धरान: प्रदेश सरकारले आगामी आर्थिक बर्षमा कोशी अस्पतला कोभिड १९ उपचार केन्द्रलाई सरुवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रकोरुपमा सञ्चालन गर्ने भएको छ ।

यसको लागि बजेटमा ५० करोड विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले जानकारी दिए । विपद र त्यसबाट सिर्जित स्वास्थ्य समस्यालाई सम्बोधन गर्न आवश्यक औषधी तथा उपकरणको लागि स्रोत व्यवस्था गरिएको सरकारले जनाएको छ । यस्तै, प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार गर्न सिटि स्क्यान, हेमोडायलाइसिस सेवा र थप भेन्टिलेटरसहितको सुविधायुक्त सघन उपचार कक्ष सञ्चालन गर्न २३ करोड बजेट सरकारले विनियोजन गरेको छ ।

पचास शैयाको जिल्ला अस्पतालहरुको गुणस्तरीय सेवा प्रबन्ध गर्न, पच्चिस शैयाको अस्पतालहरुलाई स्मार्ट अस्पतालमा रुपान्तरण गर्न तथा अस्पतलाहरुको सुदृढीकरण र सेवा विस्तारको लागि १ अर्ब १० करोड सरकारले विनियोजन गरेको छ ।

health1 health2 health3 health4