धरान: प्रदेश एक सरकारले आगामी आर्थिक बर्षमा आधारभुत र मध्यमस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्न प्रौद्योगिक महाविद्यालय सञ्चालनमा ल्याउने भएको छ ।

सरकारले मदन भण्डारी स्मृति प्रतिष्ठानमा यो विद्यालय स्थापना गरी सञ्चालनमा ल्याउन १ करोड बजेट विनियोजन गरेको छ । यस्तै, उच्च शिक्षा सम्बन्धी खोज तथा अनुसन्धान गर्न र सामुदायिक कलेजहरुको शैक्षिक गुणस्तर सुधारको लागि ५ करोड अनुदान पनि सरकारले प्रबन्ध गरेको छ भने दक्ष प्राविधिक जनशक्ति उत्पादनको लागि मनमोहन प्राविधिक विश्वविद्यालयको संरचनागत तथा कार्यक्रमगत सुदृढीकरण गर्न १३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । 

प्राविधिक शिक्षालयहरु सञ्चालन गर्न र ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा र सोलुखुम्बुमा बहुप्राविधिक विद्यालय सञ्चालन गर्नको लागि सरकारले १५ करोड बजेट विनियोजन गरेको छ ।

education3 education4 education5