धरान: धरान खानेपानी आयोजना अन्र्तगत निर्माण भएको धरान १३, फुस्रेस्थित र्यापिड स्याण्ड फिल्टर सञ्चालनमा आएको छ ।

खानेपानी संस्थान र खानेपानी आयोजनाबीच समन्वय नहुदा यो फिल्टर प्लान्ट सञ्चालनमा आएको थिएन । जसले गर्दा अहिले बर्षाको समयमा उपभोक्ताको घरमा फोहोर एवं धमिलो पानी पुगिरहेको छ । बर्षामा धमिलो पानी धारामा आएको भन्दै उपभोक्ताहरुले गुनासो गरेपछि मेयर तिलक राईले संस्थान र आयोजना दुवैलाई फिल्टर गरेर मात्र पानी उपभोक्ताको घरमा पठाउन निर्देशन दिएका थिए । सोही निर्देशन अुनसार आज संस्थान र आयोजना मिलेर फिल्टर सञ्चालनमा ल्याएको हो ।

मेयर राईले लगानी सदुपयोग गर्ने र उपभोक्तालाई स्वच्छ पानी खुवाउने उद्देश्यले फिल्टर सञ्चालनमा ल्याइएको बताए । ‘संस्थानले आफ्नो क्षमता अुनसार मुहानबाटै फिल्टर गरेर पठाइरहे पनि उपभोक्ताहरुको घरमा धमिलो पानी पुगेको थियो, आयोजनाले बनाएको यो फिल्टर सदुपयोग भइरहेको थिएन, त्यसैले संस्थान र आयोजना दुवैलाई सञ्चालन गर्नुस् भने, मेयर राईले भने,‘रातभरिमा पुरै फिल्टर भइसकेर भोली बिहानदेखि स्वच्छ पानी पुग्छ । धमिलो पानी खान नपरोस्, र लगानी सदुपयोग होस् भनेर फिल्टर सञ्चालनमा ल्याएको हो ।’

water-filter2

संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठले संस्थानले सहकार्य गरेर इन्टेकको स्रोत र्यापिड स्याण्ड फिल्टरमा ल्याइएको बताए । यसअघि इन्टेकमा फ्लकुलेटर र सेडिमेन्टेसन विधिले मात्र संस्थानले फिल्टर गरेर पानी उपभोक्ताको घरमा पठाउदै आएको थियो । हाल खर्दुबाट १ करोड लिटर र सर्दुबाट डेढ करोड लिटर पानी आपूर्ति हुन्छ । तर, बर्षातमा धेरै धमिलो र लेदो आउने भएकोले सेडिमेन्टेसनबाट शुद्ध गर्न सकिदैन । त्यसैले भल, बाढी आएको बेला मुहान काटेर पानी सङ्लो भएपछि मात्र सेडिमेन्टेसनमा मुहान लगाइन्छ र र १०, १२ घण्टा मात्र आउने भएकोले अभाव भएको संस्थानका निमित्त प्रमुख श्रेष्ठले बताए ।

water-filtr3

यता, आयोजना प्रमुख राजु पोख्रेलले फिल्टर गरेर पानी पठाउन निर्देशन दिएपछि नचलेको प्लान्टबाट पानी सुद्धिकरण गर्न शुरु गरियो । ३ वटा विधिमध्ये इन्टेकमा फ्लकुलेटर र सेडिमेन्टेसनबाट सुद्धिकरण भएपछि थप र्यापिड स्याण्ड फिल्टरमा ल्याएर सुद्ध गरिने उनले बताए । ‘यही केमिकल टेष्ट पनि गछौं, ल्याब यही छ,’उनले भने । नेपालमा पिउन योग्य पानी १० पिपिएम टर्बिडिटि भएमा मानिन्छ भने विश्व स्वास्थ्य संगठनको मापदण्ड भने ५ पिपिएम हुनुपर्ने रहेको छ ।