धरान: नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ का सदस्य एवं युवा नेता प्रताप भट्टराईको अन्त्येष्टी गरिएको छ ।
उनको आज दिउँसो इटहरीस्थित बुढीगंगा घाटमा धार्मिक सँस्कार अनुसार अन्त्येष्टी गरिएको हो । धरान १४ विजयपुरस्थित नारायणपुर घर भएका भट्टराईले आज बिहान कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । उनी कांग्रेसका क्षेत्रीय सदस्य तथा प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठका स्वकिय सचिव पनि थिए । युवा नेता भट्टराईले आत्महत्या गरेको घटनाले सबैलाई स्तब्ध तुल्याएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
		


 
		 
		 
		 
		



