झापा: झापाको गौरादह ४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
उनी हिजो साझँ साढे ६ बजे कमलगाउँपालिका ५ लवडाँडास्थित राजमार्गमा पक्राउ परेका हुन् । उनी मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा सवार रहेका थिए । उनको मोटरसाइकल रोकेर प्रहरीचेकजाँच गर्ने क्रममा २ ग्राम ९५ मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिशेष सुराकका आधारमा लागुऔषध ब्युरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखी कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



