धरान: धरान १४ मा एक युवाको शव भेटिएको छ ।

इलाम घर भए पनि धरान १ स्थित ससुरालीमा परिवारसहित बस्नै आएका जितेन राईको शव भेटिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार घटनास्थलमा रगत पनि भेटिएकोले शंकास्पद छ । ‘मृतकको सनाखत भइसक्यो । रगत पनि देखिएको छ । त्यसैले शंकास्पद छ,’डिएसपी बस्नेतले भने,'अनुसन्धान शुरु गरेका छौं ।' घटनास्थल धरान १३ स्थित कृषि बजारको दक्षिणी गेटबाट केही पुर्वको डाँडामा हो।