सुनसरी: सुनसरीको भोक्राहा नरसिंह ८ बाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय सुल्तसान अन्सारीलाई डाईलक्स डिसि १०० एम.एल.को १६ बोतल र नाईट्राभेट ३० ट्याबलेटसहित सोमवार राती पौने १० बजे पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।







