मोरङ: मोरङको पथरी शनिश्चरे नगरपालिका ९ बाट चोरी भएको मोटरसाइकलसहित ३ जना मानिस पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका १० का २० बर्षीय निमा तामाङ, बेलबारी नगरपालिका(२ का २० बर्षीय पृतिमान भण्डारी र २२ बर्षीय अभिषेक कट्टेल रहेका छन् । उनीहरुलाई चोरी भएको मोटरसाइकलसहित प्रहरीले पक्राउ गर्न सफल भएको हो । पथरी शनिश्चरे नगरपालिका २ का आतेजुङ राईको को ३४ प ६००४ नम्बरको मोटरसाईकल सोमवार राती करिव २ बजे घरबाट नै हराएको थियो । मोटरसाइकल हराए पछि उनले प्रहरीमा उजुरी गरेका थिए ।

मोटरसाइकल हराएको उजुरी परेपछि खोजतलासमा खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये निमा तामाङले केही समय अगाडी पथरी बजारका केही पसलहरुबाट जिन्सी समानहरु समेत चोरी गरेको खुलेको छ भने थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।