मोरङ: मोरङको पथरी शनिश्चरे नगरपालिका ७ मा रहेको नहरको पानीमा डुबेर स्थानीय ७१ बर्षीया लालमाया तामाङको मृत्यु भएको छ ।
आज दिउँसो सवा १२ बजे उक्त नहरमा बृद्धा डुबेर मृत्यु भएको हो । वृद्धको शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाबारे जानकारी आएपछि ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मंगलवारे अस्पताल पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



