मोरङ- मोरङको बिराटनगर महा-नगरपालिका-१६ बाट लागूऔषधसहित १ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजे बिराटनगर-७ का २० बर्षीय आनन्द कुमार पासवानलाई लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार १०० एमएलको ३९ बोतल डाईलेक्स डि।सी। वरामद भएको छ । पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



