सुनसरी: सुनसरीको ईटहरी ३ का ३७ बर्षीय मदन राईको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान साढे ११ बजे छिमेकीको घरमा लाईनको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर राई बेहोस भएका थिए । उनको बिराट मेडिकल हस्पिटल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



