उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका ६ बाट नियन्त्रीत लागुऔषधसहित १ जना पक्राउ परेका छन् ।
शनिवार राती ७ बजेको समयमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले सप्तरीको सुरुङगा नगरपालिका ४ का १९ बर्षीय श्याम चौधरीलाई लागुऔषध नाईट्रोजेपाम १७ ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



