धरान: निरन्तरको बर्षाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी विभागभित्रै पानी पसेर जलमग्न भएको छ ।
सोमबार राती २ घण्टा बढी निरन्तर परेको बर्षाले गर्दा प्रतिष्ठानको इर्मजेन्सीभित्र पनि जलमग्न भएको हो । धरान १९ की सुशिला राईले सामाजिक सञ्जाल फेसबुकमा इर्मजेन्सीभित्र जलमग्न भएको भिडियो सेयर गरेकी छिन् । उनी आफ्नो आमालाई लिएर इर्मजेन्सी पुगेको र बर्षा भएपछि इर्मजेन्सीभित्रै जलमग्न भएको भन्दै भिडियो सेयर गरेकी छिन् । ‘म इर्मजेन्सी भित्रै छुँ, पानी पानी छ,’उनले भनिन् ।

इर्मजेन्सीभित्र कताबाट पानी प्रवेश गर्यो भन्ने खुलेको छैन । प्रतिष्ठानको इर्मजेन्सीमा रहेको प्रहरी विटमा सम्पर्क गर्दा निरन्तर बर्षा भइरहेकोले आफुहरु इर्मजेन्सी भित्र प्रवेश गर्न नपाएको एक प्रहरीले बताए । उनले भने,‘पानी ठुलो परिरहेको छ, पानी कताबाट पस्यो थाहै भएन ।’
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



