सुनसरी: सुनसरीको बराह नगरपालिका ४ का ५० बर्षीय सिताराम चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोमवार दिउँसो पौने ३ बजे रामधुनी नगरपालिका ६ मा रहेको शंकरबेली तालमा जाल हानेर माछा मार्ने क्रममा अचानक सोही तालमा डुबेर चौधरीको मृत्यु भएको हो । घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटिएर कानूनी प्रकृया पुरा गरी शव परीक्षणको लागी वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । साथै, घटनाबारे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



