धरान: हङकङ नेप्लीज युथले धरान १, छाताचोकस्थित पुर्नस्थापना गृहलाई खाद्यान्न सहयोग गरेको छ ।
संस्थाले २५ हजार बराबरको खाद्यान्न सहयोग गरेको हो । संस्थाका सदस्य कमानसिं याम्फुले उक्त खाद्यान्न आज गृहका सञ्चालक भिम राईलाई हस्तान्तरण गरेका थिए । उनका अनुसार १० बोरा चालम, १ कार्टुन तेल, चना १५ केजी, दाल र मटरसमेत सहयोग गरिएको छ । गृहका सञ्चालक राईले सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



