धरान: मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका धरानका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले धरान ११ ठाडो सोलिङका ३९ बर्षीय पुष्प परियारलाई पक्राउ गरि काठमाण्डौं पठाएको छ । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट परियारविरुद्ध पक्राउ अनुमति जारी भएको थियो ।
प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डौको समन्वयमा उनलाइ हिजो पक्राउ गरिएको थियो । उनलाई थप अनुसन्धानको लागी प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डौ पठाईएको धरान प्रहरीले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



